कमरेडको अप्ठेरो



हिजोआज हाम्रो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलि तनावमा देखिएको जस्तो भान धराहरालाई भइरहेको छ। कारण के रहेछ त भनेर खोतल्ने क्रममा अलि गम्भीर मुद्दामा नै उहाँ परेको धरहरालाई लागेको छ। त्यो गम्भीर विषय नेपाली सेनासँग सम्बन्धित रहेछ। धराहरालाई मात्रै होइन पाठकवृन्दलाई पनि थाहा छ तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गर्न लाग्दा प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपरेको थियो। कस्तो संयोग, अहिले उहाँ नै देशको प्रधानमन्त्री हुनुहुन्छ। कटवाल काण्डझैं अहिले पनि उहाँकै कार्यकालमा सेनाको विषय उठेको छ।

शान्ति मिसनमा जाने नेपाली सेना भारतीय सेनाको कमान्डमा पठाउने भन्ने भारतले गरेको लबिङ र यो प्रस्तावसँगै सेना सरकारसँग रुष्ट भएकाले गर्दा प्रधानमन्त्री अलि तनावमा रहनुभएको पाइएको छ। विगतमा सेनालाई चलाएको भएर राजीनामा नै दिनुपरेको यथार्थलाई मनन गर्दै यसपालि पनि त्यस्तो अवस्था फेरि नआओस् भनी छोटेमोटे समर्थकले चिन्ता व्यक्त गरेको पाइएको छ। के त्यस्तै अवस्था आएको हो त ?

प्रतिक्रिया दिनुहोस्