नाफाबाटै कर तिर्ने भएकाले नडराउन आग्रह



दीपेन्द्र शर्मा, जाजरकोट
करदातालाई आवश्यक जनचेतना जगाउन जाजरकोटमा करदाता शिक्षा तथा अन्तरत्र्रिmया गरिएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा सदरमुकाम खलंगामा व्यवसायीसँग आइतबार करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत नारायणप्रसाद सुवेदीले राष्ट्र निर्माणमा करदाताको महत्त्वपूर्ण भूमिका हुने भएकोले व्यवसायीहरूले नाफाबाटै कर तिर्ने भएकाले डराउनु नपर्ने बताउनुभयो। उहाँले कर सम्बन्धी आवश्यक जनचेतना बढाउन नसक्दा राजस्व संकलनमा समेत असर परिरहेकाले खुशीका साथ कर तिर्ने बानीको विकास गर्न सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो।

प्रमुख कर अधिकृत सुवेदीले कतिपय व्यापारीले कर छलि गर्नेतर्फ संकेत गर्दै त्यस्ता व्यापारीलाई कारबाही गरिने बताउनुभयो। समृद्ध नेपाल निर्माणमा करदाताको महत्त्वपूर्ण भूमिका रहने भएकाले व्यवसायीको नाफा अनुसार नै कर तिर्ने भएकाले सरकारको पहिलो प्रतिनिधि पनि व्यवसायी नै भएको उहाँको भनाइ छ।

अर्का कर अधिकृत नन्दबहादुर भण्डारीले नक्कली विजक जारी गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही हुने भन्दै सचेत हुन आग्रह गर्नुभयो। कर पहिलोपटक जिल्लामा आयोजना गरिएको कार्यक्रममा जिल्लाका व्यवसायीले कर तिर्न नेपालगन्ज जानुपर्ने झन्झट हटाउन जिल्लामै शाखा कार्यालय वा अनलाइन सिस्टमबाट कर बुझाउने व्यवस्था मिलाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्