म्यानमारका विस्थापित १० हजार जना पुनःस्थापित



याङ्गोन, १९ पुस । आन्तरिकरुपमा विस्थापित म्यानमारका दश हजार २४८ जनालाई पुर्नस्थापित गरिएको छ ।

म्यानमारको सान राज्यको मुसे जिल्लाको मोङ्गको इलाकामा उनीहरुलाई पुर्नस्थापित गरिएको म्यानमार न्युज एजेन्सीले आईतबार जनाकारी दिएको छ ।

विस्थापित भएकाहरु झण्डै २०० वडा र गाउँका दुई हजार २६० घर परिवारका रहेका छन् ।

म्यानमारको सरकारले यही महिनाको सुरुका दुई हप्तासम्म भएको भिडन्तपछि मोङगकोलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्