हात्तीको आक्रमणबाट मृत्यु



 

राजविराज । सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ । केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउँमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्