वेपत्ता भएको रुसी सैन्य विमान दुर्घटनाग्रस्त अबस्थामा समुन्द्रमा फेला



(नेस), काठमाडौं । उडान भरेको केही मिनेटमै वेपत्ता भएको रुसी सैन्य विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान उडेको २० मिनेटहुँदै सम्पर्कविहीन भएको थियो ।

भने रुसी रक्षा मन्त्रालयले जनाएअनुसार टीयू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको छ ।

मन्त्रालयका अनुसार सो विमानमा सैनिक, सैन्य म्युजिक ब्याण्ड, पत्रकारसहित कुल ९२ जना थिए । रुसी सेनाका प्रवक्ताका अनुसार विमानमा सवार व्यक्तिहरु सीरियामा तैनाथ रुसी सेनाका जवानहरुको नयाँ वर्षको कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

यो विमान सीरियाको लटाकिया प्रान्तका लागि उडेको थियो । रुसको राजधानी मस्कोबाट उडेको विमान सोचीमा इन्धन भरेर पुनः उडेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्