विमान सम्पर्कविहीन



काठमाडौं । रसियाको सोचीबाट सिरियाका लागि उडेको सैनिक विमान उडेको २० मिनेटपछि सम्पर्क बिहिन भएको छ । टी यू–१५४ कलसाइन भएको सो विमानमा ७० देखि १०० जना यात्रु रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सो विमान रसियाको सामुन्द्रिक स्पेसमाथि उडिरहेका बेला बेपत्ता भएको हो । त्यसमा सैनिक संगीत ब्याण्डका सदस्यहरु रहेको बताइएको छ । विमानको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्