रुकुममा ८० प्रतिशत तुइन विस्थापित



नेपाल समाचारपत्र
रुकुम
इनको जोखिमपूर्ण यात्रा गर्दै आएका रुकुमेलीले अबदेखि झोलु·े पुल तर्न पाउने भएका छन्। एक वर्षभित्रै तुइन विस्थापित गरी झोलु·े पुल निर्माण गर्ने केपी ओली नेतृत्वको सरकारको कार्ययोजनाअनुसार जिल्ला विकास समिति रुकुमले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ। नियमित कार्यक्रमअनुसार हालसम्म ८ ओटा पुल निर्माण सम्पन्न भएका र बाँकी ८ ओटा पुल निर्माण भइरहेका छन्।

जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले आफ्नो गाउँमा झोलु·े पुल बनेपछि आफूहरूलाई निकै सहज भएको बताएका छन्। जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय रुकुम तथा सेवा प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा क्षेत्रगत झोलु·े पुल कार्यक्रमअन्तर्गत पुल निर्माण कार्यले गति लिएको हो। अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम तीव्र गतिमा भइरहेको सेवा प्रतिष्ठान नेपाल रुकुमका कार्यक्रम संयोजक रनवीर रावलले बताउनुभयो।

स्थानीयको मागअनुसार र आवश्यकता खट्किएको ठाउँमा झोलु·े पुल निर्माण भइरहेका छन्। तुइनमुक्त गरी पुल निर्माण गरिने सरकारको कार्ययोजनाले रुकुममा प्रभावकारिता पाएको छ। नियमित कार्यक्रम र सरकारले घोषणा गरेको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ गरिरहेको र छिट्टै प्रगति देखिने जिल्ला प्राविधिक कार्यालय रुकुमअन्तर्गत झोलु·े पुल शाखाका इन्जिनियर पहलबहादुर पुनले बताउनुभयो। वर्षात्को समयमा झनै जोखिम मोलिरहेका स्थानीयले अबदेखि निकै राहत पाउने भएका छन्। स्थानीयको वर्षाैंदेखिको सपना साकार हुने भएको छ।

तुइन विस्थापित गर्ने कार्ययोजनाअनुसार अहिलेसम्म ५ वटा तुइन विस्थापित भइसकेको र बाँकी ४ वटामध्ये ३ वटा वैशाखभित्र र एउटा असारभित्र विस्थापित गरिसक्ने इन्जिनियर पुनले जानकारी दिनुभयो। तीव्र गतिमा काम भइरहेकाले पनि निर्धारित समयमा काम सम्पन्न हुने विश्वास रुकुमेलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्