अवैध कल बाइपास गर्ने गिरोह सार्वजनिक



विष्णु तिमिल्सिना, बर्दिया
वैध रूपमा विद्युतीय उपकरण प्रयोग गरी दूर सञ्चार प्रदायकको अन्तर्राष्ट्रिय गेटवे अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने गिरोहका ३ जना अभियुक्तलाई प्रहरीले प्रक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

विगत ६÷७ महिनादेखि भारत जिल्ला बहराइच थाना मोतीपुर ग्राम सीमावर्ती बलैगाउँ बस्ने वर्ष ३७ को सब्बु भन्ने एहतिराम अहमद, जिल्ला बर्दिया गुलरिया नपा–८ बस्ने वर्ष २७ को सन्दीपकुमार खड्का र कालिका–६ बस्ने दहित टे«डर्स सञ्चालन गरी बस्ने वर्ष ३७ को चुल्लुराम चौधरीसमेतले अवैध विद्युतीय सामानहरूको प्रयोग गरी बर्दिया जिल्लाको गुलरियामा कल बाइपास गरी रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरूलाई विद्युतीय सामग्रीहरूसहित पक्राउ गरेको हो।

गरी दुरसंचार हानी नोक्सानी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको कुरा प्रेसमिटमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बोहराले बताउनु भयो।

अभियुक्तहरूले भीओआईपी कल बाइपासद्वारा नेपाल दूर सञ्चार सेवा प्रदायकहरूलाई भएको नोक्सानी २ करोड १८ लाख ९६ हजार हुन गएको छ। त्यसै गरी एनसेल प्रालिको आम्दानीमा बजार हिस्साको आधारमा भएको नोक्सानी ८२ लाख ७२ हजार ८ सय २४ हुन पुगेको छ। यस कार्यले नेपाल सरकाको राजस्व क्षति २१ लाख ४१ हजार २ सय ५५ हुन गएको छ।

साथै पत्रकार सम्मेलनमा प्रहरीले बरामद गरेको अभियुक्तले कल वाइपास गर्न प्रयोग गरिएका जीएसएम भीओआईपी गेटवे डिभाइस थान १६ पोर्टका २ थान, डेस्कटप कम्प्युटर १ थान जीएसएम एन्टेना १८ थान रातो तार ३० मिटर , मल्टिप्लक १ थान र विभिन्न कम्पनीका सिम कार्डहरू सार्वजनिक गरिएको थियो।
दूर सञ्चार ऐन २०५३ को दफा ४७ (५) बमोजिम कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानि नोक्सानीको बिगोबमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रहरी उपरीक्षक बोहोराले जानकारी गराउनुभयो। बर्दिया जिल्लामा आधुनिक उपकरण प्रयोग कल बाइपास गरेको घटना यो पहिलो हो।

के हो भीओआईपी बाइपास ? दूर सञ्चार सेवा प्रदायकहरूको नियामक नेपाल दूर सञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी तथा अनुमतिपत्र प्राप्त दूर सञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय गेटवे छली अनधिकृत रूपमा अन्तर्राष्ट्रिय टेलिफोन कलहरू विदेशबाट नेपाल भिœयाई दूर सञ्चार सेवा प्रदायकहरूको नेटवर्कमा अनधिकृत रूपमा स्थानीय तवरले ती कलहरू प्रवेश गराई दूर सञ्चार सेवा प्रदायकहरूको ग्राहकसम्म पु¥याउने कार्यलाई अन्तर्राष्ट्रिय आगमन कल बाइपास भनिन्छ।

यस्तो गैरकानुनी कार्यले राज्यलाई प्राप्त हुने राजस्वमा नोक्सान पुग्ने, अनुमतिपत्र प्राप्त दूर सञ्चार सेवा प्रदायकहरूको आयमा ठूलो नोक्सानी हुने, कलको गुणस्तरमा ह्रास हुने, विदेशबाट आउने कलमा अवरोध हुने तथा फ्याक्स आउन कठिनाइ हुने भई दूर सञ्चार सेवा प्रदायकहरूका प्रणाली र संरचनामा असर पार्ने समेत हुन्छ।

प्रतिक्रिया दिनुहोस्