‘स्थानीय विपद् जोखिम व्यवस्थापन कोष’ स्थापना



रसुवा, (नेस) रसुवाकोे चारवटा गाविसमा ‘स्थानीय विपद् जोखिम व्यवस्थापन कोष’ स्थापना गरिएको छ। जिल्लाको राम्चे, धैबुङ, लहरेपौवा र स्याफ्रु गाविसमा ५०÷५० पचास हजार रुपियाँको कोष स्थापना गरिएको हो। नेपाल कृषि वन प्रतिष्ठान रसुवाले जिल्लाको चार गाविसमा कोष स्थापनाका लागि शुक्रबार ५०÷५० हजार रकमको चेक हस्तान्तरण गरेको छ।

कोष खडा भएसँगै जिल्लाका विभिन्न क्षेत्रमा हुने सक्ने भूकम्पीय विपद्, आगलागी, बाढी, पहिरोलगायतका प्राकृतिक विपद्को समयमा सहयोग पुग्ने भएकाले जिल्लाको १८ वटै गाविसमा कोष स्थापना गरिन लागिएको निमित्त स्थानीय विकास अधिकारी मदन आले मगरले बताउनुभयो। स्थानीय विपद् जोखिम व्यवस्थापन योजना २०६८ अनुसार जिल्लामा कोष स्थापना हुन नसक्दा विपद्का अवस्थामा रसुवाबासीले विभिन्न संघसंस्थासँग हात थाप्नुपर्ने अवस्था हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्