प्रहरीद्वारा रेस्टुराँमा छापा, १० जना पक्राउ



भक्तपुर, (नेस)
भक्तपुर प्रहरीले विभिन्न स्थानमा सञ्चालनमा रहेका रेस्टुरेन्टहरूमा छापा मार्दा आपत्तिजनक अवस्थामा ६ महिलासहित १० जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त भक्तपुरले लागू गरेको एकवर्षे रणनीतिक कार्य योजनाअन्तर्गत शुक्रबार भक्तपुरको जगातीदेखि साँगासम्म सडक छेउमा चलेका पाँचवटा रेस्टुरेन्टहरूमा छापा मारी ६ महिला र रेस्टुरेन्ट सञ्चालकसहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको हो।

खाजा तथा खाना खाने रेस्टुरेन्टमा महिला र पुरुष आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको वृत्तले जानकारी दिएको छ। राजमार्ग दायाँबायाँ सञ्चालित रेस्टुरेन्टले भाडामा व्यावसायिकरूपमै यौनकर्मी महिलाको व्यवस्था गरेको भन्ने उजुरीको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्