विप्लव माओवादीद्वारा आन्दोलनको घोषणा



नेपाल समाचारपत्र
काठमाडौं
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट जनवर्गीय संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशव्यापी चक्काजामसम्मको कार्यक्रम घोषणा गरेको हो। नेपालमा यायायात, ढुवानी र उत्पादनमा प्रयोग हुने इन्धनको पेट्रोलियम पदार्थ रहेको र त्यसको विकल्प अरू कुनै नरहेकाले यसमा भएको सामान्य मूल्यवृद्धिले पनि सबै क्षेत्रमा प्रभाव भएकाले त्यसलाई ध्यानमा राखेर आफूहरू विरोधमा उत्रिनुपरेको क्रान्तिकारीको दाबी छ।

आन्दोलनका कार्यक्रममा पुस १० गते देशव्यापी कोणसभा, पुस ११ गते राष्ट्रिय सभागृहमा १२ बजे प्रज्ञाभवनमा अन्तरक्रिया कार्यक्रम, पुस १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन, पुस १३ गते मशाल जुलुस, पुस १४ गते अन्तरक्रिया, पुस १५ गते बिहान ९–१० बजे चक्का जामलगायत छन्। नेपाल आयल निगमले एक साताअघि डिजेल, मट्टितेल र पेट्रोलमा समान साढे ४ रुपियाँ वृद्धि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्