प्रचण्ड र देउवाले देश टुक्रइउन खोजेः खनाल



धरान, (नेस)
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र माओवादी केन्द्र विदेशीको इसारामा लागेर राष्ट्रिय हित विपरीत संशोधनको प्रस्ताव ल्याएकाले एमालेले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन नदिन दाबी गर्नुभएको छ।

प्रेस चौतारी धरानले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै ९० प्रतिशत सांसदले हस्ताक्षर गरेर जारी गरिएको संविधान १० प्रतिशत मधेसी दलका नेताहरूलाई खुसी पार्नका लागि विदेशी शक्तिहरूको डिजाइनमा संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताउनुभयो।

देशलाई खण्डित पार्ने संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने उहाँले चेतावनी दिनुभयो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता खल्बल्याउन र देश टुक्रइउने गरी संशोधन प्रस्ताव दर्ता गराएको पनि आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्