धनमाल चोरी



काठमाडौं, (नेस)
बुढानीलकण्ठ नगरपालिका–१३ कपन बस्ने २७ वर्षीया नहकुल सापकोटाको घरमा कोही नभएको अवस्थामा मूलढोकाको ताल्चा फोडेर नगद ५५ हजार र १ तोला सुनको औंठी, मोबाइल र क्यामरा गरी करिब १ लाख ३७ हजार रूपियाँबराबरको धनमाल शुक्रबार राति चोरी भएको छ।

यसै गरी काठमाडौं महानगरपालिका–२३ झोसेस्थित जेविल सहकारी संस्थाको कोठा फोडेर सेफमा रहेको विभिन्न दरका १ लाख ६३ हजार ३ सय ३४ रूपियाँ नगद शुक्रबार राति नै चोरी भएको छ। फरार चोरहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्