प्रियंका बलिउडमा फर्किंदै



बलिउड सुन्दरी प्रियंका चोपडालाई गंगाजलपछि बलिउड फिल्ममा देखिएको छैन। उनी हलिउड प्रोजेक्टमा व्यस्त हुन थालेपछि बलिउडको पर्दाबाट हराएकी छिन्। प्रियंकाले हालै भएको हलिउड यात्रा केवल क्रिसमसको ब्रेकमा मात्र होइन, यसको दौरानमा बलिउडको नयाँ प्रोजेक्टको पनि फैसल गर्नेछिन्। प्रियंका हालसालै आफ्नो हलिउड फिल्मको प्रमोसन र हलिउड सिरियल क्वाटीको सुटिङबाट ब्रेकमा छिन्। यस कारण उनले यस वर्ष आफ्नो परिवारको साथ नयाँ वर्ष मनाउने फैसला गरेकी छिन्।

यसको अलवा उनी आफ्नो बलिउड करियरमा पनि ध्यान दिन चाहन्छिन्। उनी आफ्नो इन्टरनेसनल प्रोजेक्ट र रिजनल सिनेमाको निर्माता भएकाले बलिउडका फिल्म गर्न पाएकी छैनन्। हालै एक कुराकानीमा उनले भनेकी छिन् कि उनी आफ्नो देश फर्किएकी छिन र आफ्नो नयाँ फिल्मका बारे फैसला गर्नेछिन्। सम्भव छ कि उनले दुई बलिउड फिल्ममा साइन गर्नेछिन्। उनले यो पनि खुलाएकी छिन् कि उनले भर्खरै खेलेको हलिउड फिल्ममा सँगै काम गरेका अन्य कलाकारहरू प्रोमोसन टुर गर्नेवाला छन् र भारतको केही शहरमा पनि पुग्नेछन््। फिल्मको ट्रेलरमा उनलाई एक मिनेट मात्र देखाइए पनि उनको लोकप्रियताका कारण भारतमा यो फिल्म राम्रै जम्ने पक्का छ। यसको अलावा उनले करण जौहरको पपुलर शो कफी विथ करणको
पनि छिट्टै सुटिङ गर्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्