नो कमेन्ट



सरकारले हिजो बेलुका इसाई धर्माबलम्बीहरूलाई विदा दिने भनेर जारी गरेको सूचनामा अंग्रेजी तिथि भने रमाइलो लेखिएको रहेछ। जहाँ डिसेम्बर १० दिन विदा दिने भनिएको रहेछ। डिसेम्बर १० त अब अर्को वर्ष मात्रै आउला। हिजोको दिन नै २४ तारिख हो। त्यो दिन केका लागि विदा दिने होला ? कुरा नबुझेर धरहरा वरपर धेरैले आश्चर्य प्रकट गरेको पाइएको छ।

गृहमन्त्रालय जस्तो निकायले यस्तो खेलाँची गरेपछि के होला मुलुकको अवस्था ? धेरैले यो प्रश्न उठाए पनि धरहरा भने कर्मचारी मित्रहरूमा सहानुभूति राख्न चाहन्छ। हिजो शनिबारको दिन मस्तले घरमा उग्राएर बसेको मान्छेलाई वक्तव्य जारी गर्न भनिएपछि भइहाल्छ नि उल्टोपाल्टो। कि कसो कर्मचारी मित्रहरू ? तर, धरहरा वरपरका भन्दै थिए– ‘मुलुक डुबेको यस्तै कर्मचारीले गर्दा हो। यसबारेमा धरहराको चाहि नो कमेन्ट है।’

प्रतिक्रिया दिनुहोस्