महिला एपीएफ च्याम्पियन



काठमाडौं, (नेस) सातौँ खेलकुदअन्तर्गत महिला फुटवल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ टिम च्याम्पियन बनेको छ ।सुनसरीको दुहवी रंगशालामा भएको रोमाञ्चक खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन सकेन। खेल अवधिभर प्रहरीले एपीएफलाई दबदबामा राखे पनि ट्राइब्रेकरमा एपीएफ बाजी मार्न सफल भयो। महिला फुटवलअन्गर्तत सर्वाधिक गोल गर्ने खेलाडी प्रहरीकी निरु थापा भइन्। उनले खेल अवधिभर ५ गोल गरेकी थिइन्।आर्मीले मध्यमाञ्चललाई २–१ गोल अन्तरले पराजित गर्दै कास्य पदक जित्यो। च्याम्पियन टिमलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नगद जनही ७ हजार र स्वर्णपदक प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्