बारुलाले चिल्दा ४ घाइते



हेटौंडा,(नेस) । हेटौंडा–४, हुप्रचौर मेनगेट छेउको रुखमा रहेको बारुलाले चिल्दा ४ जना घाइते भएका छन् ।
रुखमा रहेको बारुलालाई बच्चाले ढुंगा प्रहार गर्दा नजिकै रहेका अन्यलाई चिलेको थियोे । शुक्रबार दिउँसो मकवानपुर जागरण अभियानको बैठक चलिरहेको बेला अकस्मात अभियानका सदस्यलाई बारुलाले चिल्न थालेपछि बैठक छोडेर सबै भागेका थिए ।
बारुलाको टोकाइबाट मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनककुमार डंगोल, सदस्यहरु दिवाकर मैनाली, दिलबहादुर लामा र सलिना ढुंगेल घाइते भएका छन् । स्थानीय मेडिकल र हेटौंडा अस्पतालमा उपचारपश्चात् घाइतेको अवस्था ठीक रहेको जागरण अभियान अध्यक्ष कृष्णराज कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्