अपहरणकारीद्वारा आत्मसमर्पण



माल्टा, (एजेन्सी)
माल्टा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको अपहरित लिबियाली जेटका अपहरणकारीलाई हिरासतमा लिइएको छ। १ सय १८ यात्रुसहित लिबियाको आन्तरिक उडानमा रहेको उक्त विमानलाई बिहानै साभाबाट राजधानी त्रिपोलीका लागि उडान भरेको केही समयपछि अपहरण गरी माल्टा पु¥याइएको थियो।

अफ्रिकियाह एयरवेजको अपहरित एयरबस ए ३२० विमानका धेरैजसो यात्रीलाई मुक्त गरिएपछि अपहरणकारीले माल्टाका अधिकारीसमक्ष आत्मसमर्पण गरेका थिए। अपहरणकारी कति जना थिए भन्ने विषमा अहिलेसम्म प्रस्ट हुन सकेको छैन। अपहरणकारीहरू भूतपूर्व लिबियाली नेता मोमर गद्दाफीका समर्थक भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्