नायकका पत्नीले दिँदैनन् सन्नीसँग काम गर्न?



तमाम विरोध, विवाद र आलोचनाका बावजुद पूर्वक्यानेडियन पोर्न स्टार सन्नी लियोनले बलिउडमा नायिकाका रूपमा परिचय बनाएकी छिन् र अब छिट्टै नै उनी शाहरूख खानको फिल्म रइसको गीत लैला ओ लैलामा आफ्नो अदा देखाउँदै छिन्। यसलाई लिएर उनी निकै उत्साहित पनि देखिएकी छिन्।

एक अन्तरवार्तामा उनले भनेकी छिन् कि केही हदसम्म उनको शाहरूख खानसँग काम गर्ने सपना पूरा भएको छ। उनले भनेकी छिन्– ‘मेरा लागि सबैभन्दा ठूलो उपलब्धि नै यही हो कि मैले शाहरूख खानसँग काम गर्ने मौका पाएकी छु। उनी दिलदेखि निकै राम्रो मान्छे हुन्।’

ठूलाठूला एक्टर्स तपाईंलाई यस करण रिजेक्ट गर्छन् कि उनीहरूको श्रीमतीहरू तपाईंसँग काम नगरोस् भन्ने चाहन्थे, के रइसमा यो स्थिति बदलिन्छ? भन्ने भारतीय सञ्चारमाध्यमको एक प्रश्नमा उनको जवाफ थियो– ‘यो कुरा कलाकारमा निर्भर हुन्छ। शाहरूख खान र उनको पत्नी गौरीको सम्बन्ध मजबुत छ। जब पतिपत्नीको सम्बन्ध मजबुत हुँदैन, तब मात्र उनीहरू असुरक्षित हुन्छन्। केही ठूलाबडा कलाकारले उनीहरूको हिरोइनको अगाडि मलाई रिजेक्ट गरे। किनकि उनीहरूको श्रीमतीले मसँग काम गर्न अनुमति नै दिएनन्। अब म उनीहरूलाई कसरी सम्झाऊँ कि मलाई उनीहरूको श्रीमान्प्रति कुनै इन्ट्रेस्ट छैन भनेर। मेरो आफ्नै पति छन् र उनी निकै हट छन्। मलाई कसैको पतिको अगाडि जान जरुरी नै छैन। मेरो आफ्नै श्रीमान् दिनरात छायाजस्तै मेरो साथ रहन्छन्।’

प्रतिक्रिया दिनुहोस्