पैसा खोईमा जुही चावलासँगै बलिउडका कलाकारको लर्को



अभिनेता, निर्माता तथा निर्देशक रोज राणाको निर्माणमा बलिउड फिल्म भूतनाथका निर्देशक विवेक शर्माले निर्देशन गर्न लागेको फिल्म मेरो पैसा खोईमा बलिउड नायिका चुही चावलाले पनि अभिनय गर्ने भएकी छिन्।

मंगलबार राति राजधानीमा आयोजित कार्यक्रममा निर्माता राणाले नेपाली र हिन्दीसहित बहुभाषामा बन्ने मेरो पैसा खोईमा नेपाली कलाकारका साथमा जुहीले अभिनय गर्ने जानकारी गराए। उनका अनुसार फिल्ममा बलिउडबाट सागर तिवारीलाई डेब्यु गराइने भएको छ भने उनका साथमा जुही चावला, राजपाल यादव र सञ्जय मिश्रा हुनेछन् भने नेपालबाट सौगात मल्ल, वर्षा शिवाकोटी, बुद्धि तामाङ, कमलमणि नेपाल, रविन तामाङलगायतका कलाकारले अभिनय गर्नेछन्। नेपालका विभिन्न स्थानमा सुटिङ गरिने फिल्ममा दयाराम पाण्डेको गीत रचना, मौनता श्रेष्ठको पटकथा, वसन्त सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व, हरि घलेले छायांकन रहनेछ। फिल्म आगामी माघ १५ बाट सुटिङ फ्लोरमा जाने बताइएको छ।

फिल्मका निर्देशक शर्माले नेपाली र हिन्दीसहित विभिन्न भाषामा बन्ने फिल्मको निर्देशन गर्ने अवसर पाउँदा आफू उत्साहित भएको बताए। उनले नेपाली फिल्म स्तरीय पाएको चर्चा गर्दै यहाँका प्राविधिक मेहनती र परिश्रमी भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्