प्रभु बैंकले ४० प्रतिशत हकप्रद दिने



काठमाडौं, (नेस)
प्रभु बैंकको शुक्रबार समपन्न १५औं साधारणसभाले ४० प्रतिशत (१० बराबर ४ को दरले) हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ।हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख रुपियाँ रहेकोमा हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख रुपियाँ पुग्नेछ।

बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बसेको बैठकले गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका प्रस्ताव पनि पारित गरेको छ। साथै साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने तथा एक्विजिसन प्रक्रिया पनि अगाडि बढाउने निर्णय पनि गरेको छ।

उक्त साधारणसभाले संस्थापक शेयधनीहरूको तर्पmबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेशसिंह खड्का तथा त्यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्पmबाट कुसुम लामा, दक्ष पौडेललाई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्