कलर्सको प्राइड पी–५० मोबाइल बजारमा



काठमाडौं, (नेस)

कलर्स मोबाइलले प्राइड शृंखलाअन्तर्गत स्मार्ट पुस्ताको बहुनिर्देशन भएको सुरक्षित औंठाछाप सेन्सरयुक्त एक अर्को स्मार्टफोन प्राइड पी–५० टच बजारमा ल्याएको छ। प्राइड पी–५० टच, १ दशमलव ३ गिगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ। यसमा ३२ जिबीसम्म बढाउन मिल्ने क्षमताको ८ जिबी आन्तरिक मेमोरी र १ जिबी ¥याम रहेको छ।

५ इन्चको आइपीएस स्क्रिन भएको स्मार्टफोनमा २२ सय एमएएच ब्याट्रीको छ भनें यसले ३ जी चलाउन एलइडी फ्ल्याससहितको ८ मेगापिक्सल क्यामेरा र अगाडि भागमा छिटो सेल्फीको निम्ति ५ मेगापिक्सलको क्यामेरा जडित छ। यसमा भएको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको औंठाछाप सेन्सर बटन नै हो, जुन सुविधादायक सञ्चालनका लागि फोनको पछाडी भागमा राखिएको छ। यस्तै यसको छिटो चल्ने, एप्लिकेसन लकर, फोटो खिच्ने जस्ता प्रणाली अत्यन्त प्रभावकारी छन्। नेपालको बजारमा यो पूर्णतः स्मार्ट बहुनिर्देशन भएको सुरक्षित औंठाछाप सेन्सरयुक्त स्मार्टफोनको मूल्य ९ हजार ४ सय ९५ रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्