अलेप्पोको सम्पूर्ण भूभागमा सिरियाली सेनाको कब्जा



दमास्कस, (एजेन्सी)

सिरियाले विद्रोहीहरूको अन्तिम समूह बाहिरिएपछि अलेप्पोमाथि पूरै आफ्नो नियन्त्रण भएको जनाएको छ। सिरियाली सेनाले दिएको बयानमा भनिएको छ– «”‘अलेप्पोमा सुरक्षा पुनस्थापित गरिसकेको छ।’

सिरियाको सरकारी सेनाले यसलाई विद्रोहीका लागि ठूलो धक्का भएको बताएको छ। इन्टरनेसनल रेडक्रस समिति (आईसीआसी)ले त्यसको पुष्टि गर्दै भेनको छ– ‘बाहिर निस्कन चाहेका सबै नागरिकलाई निकालिसकेको र त्यसमा घाइते तथा विद्रोही पनि समावेश भएका छन्।’

सन् २०११ मा भएको विद्रोहपछि यसलाई राष्ट्रपति बसर अल असदका लागि अहिलेसम्मको सबैभन्दा ठूलो जित मानिएको छ। यसअघि संयुक्त राष्ट्र संघका एकजना अधिकारीले अलेप्पोबाट विगतको हप्तामा कम्तीमा ३४ हजार नागरिक तथा विद्रोहीलाई निकालेको थियो।

पूर्वी अलेप्पोलाई सन् २०१२ मा विद्रोहीहरूले कब्जामा लिएका थिए। सिरियाली सुरक्षाबलले लगातार आक्रमण गर्दै उनीहरूलाई कुछेक हिस्सासम्म सीमित गरेको थियो। तर ती हिस्सामा आम नागरिकहरू भने फँसेका थिए। उनीहरूलाई निकाल्ने कार्य गत हप्ताबाट शुरू गरिएको थियो।

अलेप्पो सिरियाको सबैभन्दा ठूलो शहर हो। यहाँको आवादी करिब २ लाख रहेको छ। यो शहर सिरियाको आद्योगिक तथा वित्तीय केन्द्रका रूपमा रहेको थियो। त्यसैले पनि विद्रोही र सरकारी सुरक्षाबल दुवैले यसमा आफ्नो नियन्त्रण राख्न चाहेका थिए।

सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध सन् २०११ मा विद्रोह भएको थियो । त्यतिबेलासम्म पनि अलेप्पोमा धेरै हलचल भएको थिएन तर अर्को वर्ष अर्थात् सन् २०१२ मा यो शहर युद्धको रणभूमिमा परिणत भयो।

विद्रोही लडाकूले बसर अल असदको सरकारलाई हटाउनका लागि उक्त शहरमाथि आक्रमण गरी उत्तरी सिरियामाथि नियन्त्रण गरेका थिए। त्यसपछि अलेप्पो दुई हिस्सामा विभाजन भयो। एउटा हिस्सामा विद्रोहीहरूको नियन्त्रण रह्यो भने अर्कोमा सरकारी सुरक्षाबलको नियन्त्रण कायम रह्यो।

चार वर्षपछि विद्रोहीहरूविरुद्ध निर्णायक कारबाही थालेपछि यसै महिना सरकारी सुरक्षाबललाई सफलता प्राप्त भएको हो। संयुक्त राष्ट्र संघले उक्त कारबाहीका क्रममा निर्दोष नागरिक मारिएको तर सिरियाको सरकार र उसको सहयोगी रुसले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्