सांघाई पुग्ने ओस्कारको मूल्य ६ करोड



लन्डन, (एजेन्सी)
चेल्सी र सांघाई एसआईपीजीले मिडफिल्डर ओस्कारका लागि चाइनिज सुपर लिग क्लबमा आबद्ध गराउन स्वीकार गरेका छन्। जनवरी ट्रान्सफर विन्डोमा हुने स्थानान्तरका लागि २५ वर्षीय ब्राजिल खेलाडीका लागि ६ करोड पाउन्ड रकम तय गरिएको छ। ओस्कारले चेल्सीमा २०१२ मा आबद्ध हुँदा २ करोड ५० पाउन्ड रकम तय गरिएको थियो। उनले इंग्लिस प्रिमियर लिग क्लबका लागि २ सय ३ सहभागितामा ३८ गोल गरेका छन्।

शुक्रबार क्लबले वक्तव्य निकालेकोमा ओस्कार जनवरी ट्रान्सफर विन्डोको शुरुआतमै चाइनिज क्लबमा पुग्नेछन्। उनले हाल चेल्सीमा रहन अक्टोबरदेखि नै संघर्ष गरेका छन्। तर चाइनिज क्लबले उनी सांघाई आउँदो दिनमै पुग्ने पक्का गरेको छ।

ओस्कारले साढे चार वर्ष स्टामफोर्ड ब्रिजमा बिताउँदा प्रिमियर लिग, युरोपा लिग र लिग कप जितेका छन्। उनलाई चाइनिज क्लबले ठूलो रकममा अनुबन्धित गर्न लागेको हो। बीबीसी स्पोर्टस्ले जनाएअनुसार उनले सांघाईको क्लबमा प्रति साता ४ लाख पाउन्ड पाउनेछन्। यो भनेको सर्वाधिक ट्रान्सफर फीको सूचीमा सातौं स्थानमा रहेको छ।

चेल्सीका मेनेजर कोन्टेले गत साता भनेका थिए कि चाइनिज क्लबहरूद्वारा खेलाडीमाथि गरेको ठूलो लगानी विश्वमा सबै टोलीका लागि खतरनाक छ। यस्तै ओस्कारको स्थानान्तरसँगै नै म्यानचेस्टर सिटीका पूर्वखेलाडी कार्लोस टेभेज पनि सांघाई सेनहुआमा आबद्ध भएका छन्। अर्जेन्टिनी क्लब बोका जुनियर्सबाट सांघाई लागेका टेभेजले प्रति साता ६ लाख १५ हजार पाउन्ड आम्दानी गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्