रुकुममा ८० प्रतिशत तुइन बिस्थापित



धनवीर दाहाल
रुकुम
तुइनको जोखिम पुर्ण यात्रा गर्दै आएका रुकुमेलीले अवदेखी झोलुङ्गे पुल तर्न पाउने भएका छन् । तुइन बिस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने केपी ओली नेतृत्वको सरकारको कार्ययोजना अनुसार जिल्ला विकास समिती रुकुमले अहिले सम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ ।
नियमित कार्यक्रम अनुसार हाल सम्म ८ वटा पुल निर्माण भएको र बाँकी ८ वटा पुल निर्माण भइरहेका छन् । जोखिम पुर्ण यात्रा गर्दै आएका स्थानियले आफ्नो गाँउमा झोलुङ्गे पुल बनेपछि आफुहरुलाई निकै सहज भएको बताएका छन् । जिल्ला विकास समिती र जिल्ला प्राबिधिक कार्यालय रुकुम तथा सेवा प्रतिष्ठान नेपालको प्राबिधिक सहयोगमा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम अन्र्तगत पुल निमार्ण कार्यले गति लिएको हो । अहिले सम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम तीब्र गतिमा भइरहेको सेवा प्रतिष्ठान नेपाल रुकुमका कार्यक्रम संयोजक रनबीर रावलले बताउनुभयो ।
स्थानियको माग अनुसार र आवश्यकता खट्किएको ठाँउमा झोलुङ्गे पुल निमार्ण भइरहेका छन् । तुइन मुक्त गरी पुल निर्माण गरिने सरकारको कार्ययोजनाले रुकुममा प्रभावकारिता पाएको छ । नियमित कार्यक्रम र सरकारले घोषणा गरेको कार्यक्रमलाई बिशेष प्राथमिकताका साथ गरिरहेको र छिट्टै प्रगति देखिने जिल्ला प्राबिधिक कार्यालय रुकुम अन्र्तगत झोलुङ्गे पुल शाखाका इन्जीनियर पहलबहादुर पुनले बताउनुभयो । बर्षातको समयमा झनै जोखिम मोलिरहेका स्थानियले अवदेखी निकै राहत पाउने भएका छन् । स्थानियको बर्षाैंदेखीको सपना साकार हुने भएको छ । तुइन बिस्थापित गर्ने कार्ययोजना अनुसार अहिले सम्म ५ वटा तुइन बिस्थापित भइसकेको र बाँकी ४ वटा मध्ये ३ वटा बैसाख भित्र र १ असार भित्र बिस्थापित गरी सक्ने इन्जीनियर पुनले जानकारी दिनुभयो । तिब्र गतिमा काम भइरहेकोले पनि निर्धारित समयमा काम सम्पन्न हुने बिश्वास रुकुमेलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्