जसले पहिला अख्तियारलाई सघाउँथे, उनैले कार्कीलाई कालोमोसो दले



प्रशान्त वली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने एक युवाले
पार्टीको पूर्व योजना अनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेको बताएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु स्थित कार्यालय परिसरमा न्यूज अफ नेपाल डट कमको टोलीसँग कुराकानी गर्दै नेत्रविक्रम चन्द विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले भने– ‘ भ्रष्टाचारीहरुलाई कारबाही गर्ने क्रममा उहाँ निसानामा पर्नुभएको हो । पार्टीको पुर्वयोजना अनुसार कार्कीलाई कालोमोसो दलिएको हो । सवै जिम्मेवारी पार्टीले लिइसकेको छ । पार्टीले भ्रष्टाचारीहरुको कालोसूचीमा कार्र्कीलाई पारेकोले हामी कालोमोसो दल्न सर्बोच्च अदालत पुगेका हौं ।’
उनीसँगै सोही पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य चन्द्रवहादुर वुढालाई पनि प्रहरीले विहीबार नियन्त्रणमा लिएकोमा ७ दिन सम्म थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिइसकेको छ ।

दाङ घर भई केही दिन अघि मात्रै काठमाडौं आएका शाही अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यका साथै त्रिभुवन विश्व बिद्यालय क्रान्तिकारीका इन्चार्जको जिम्मेवारीमा समेत रहेका छन् । दाङ जिल्लामा दुई कार्यकाल क्रान्तिकारी बिद्यार्थीको अध्यक्षको जिम्मेवारी सम्हालेका शाही जिल्लामा भ्रष्टाचार बिरोधी अभियान चलाउँदै आएका थिए । शाहीले दाङको बेला स्कुलमा भ्रष्टाचार भएको थाहा पाएपछि स्कुलका फाईलहरु अख्तियार सम्म पु¥याउन विगतमा मद्यते गरेका थिए । यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङमा कार्यरत ईन्जिनियर राम दुलारी शरण भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीकै पहलमा घुस रकम सहित नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीले बताए । यस्तै लक्ष्मीपुर दाङमा बस्दै आएका वृद्ध विपन्न दम्पतीलाई शाहीकै संयोजकत्वमा घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाइएको थियो । बैद्य माओवादीमा रहनुभएका शाही बैद्य भित्र पनि दुई धार भएपछि बिप्लब माओवादीमा लागेका थिए । त्रिविको इन्चार्ज पद सम्हाल्न दुई हप्ता अघि मात्रै काठमाडौं आएका थिए । जनतन्त्र, राष्ट्रियता र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा विप्लव माओवादीले हिजो बिहीवार उपत्यका वन्द आह्वान गरेकै दिन उनले कार्कीलाई कालोमोसो दलेका हुन् ।
(उनीहरु सर्बोच्च भित्र कसरी छिरे र त्यहाँ के के भयो ?पूर्ण विवरण भोलिको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा पढ्नुहोला ।)

प्रतिक्रिया दिनुहोस्