सरकारी वकिलले थप प्रयास गर्नुपर्छ ः राष्ट्रपति



काठमाडौं,(नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारवादी मुद्दाको सफलताको लागि सरकारी वकिलहरुले थप प्रयास गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले सरकार वादी मुद्दाको सफलताको लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले मानव अधिकार, विधिको शासन, संवैधानिक सर्वोच्चताले नै मुलुकमा दिगो शान्ति हुने बताउनु हुँदै त्यसका लागि सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्