लोकमानले भने–कालोमोसो दल्नेलाई रिहा गर



काठमाडौं,(नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई विहीबार अख्तियार परिसरमा कालोमोसो दल्नेलाई रिहा गर्न माग गरेका छन् । प्रस्तुत छ, उनले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको वक्तव्य जस्ताको त्यस्तै ः

रिहाई सम्बन्धमा !!
——————–
सम्मानित सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा अति सम्बेदनशिल मानिने कार्यकक्षभित्र पौष ७ गते म माथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी मैले पाएको छु । सुरक्षा कर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको म सराहना गर्दछु । तर हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु । वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्