देउवाको नयाँ खुलासा– ओलीको हस्ताक्षर अनुसार संविधान संशोधन प्रस्ताव



काठमाडौ,(नेस) । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने बताउनु भएको छ । साथै उहाले नेकपा एमालेले मधेशलाई अराष्ट्रबादी ठानेको भन्दै प्रतिवाद पनि गर्नुभएको छ ।
काग्रेसको आजदेखि राजधानीमा शुरु भएको जिल्ला कोषाध्यक्षहरुको दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो– संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्नु गलत छ । काग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली वीच हस्ताक्षर भएको भावना बमोजिम नै संविधान संशोधन प्रस्ताव ल्याइएको उहाको भनाई थियो ।
सबैलाई मिलाएर निर्वाचनमा जानुपर्छ भन्दै सभापति देउवाले यो कुरा एमालेले बुझ्नुपर्ने पनि बताउनु भएको थियो । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद अवरुद्ध गरेर एमालेले मुलुकलाई बन्धक बनाएको आरोप लगाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्