गरिब बालबालिकालाई सहयोग



नेपाल समाचारपत्र
रुकुम

रुकुमका चार गाविसका अति गरिबमा परेका २८ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरिएको छ। अति गरिब विपन्न परिवारका बालबालिकालाई तत्काल उद्धार तथा सहयोग गर्न सामग्री वितरण गरिएको हो।

यस्ता अति गरिब, संरक्षणको अभावजस्ता कारणले जोखिमा परेकालाई सेभ द चिल्डे«न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत बाल गरिबी पोषण कार्यक्रमबाट चामल तेल, नुन, शैक्षिक सामग्री कापी, कलम, झोला, न्यानो कपडा, ज्याकेट, पाइन्ट सर्टलगायतका सामग्रीहरू वितरण गरिएको एकीकृत परियोजनाका पोषण अधिकृत रक्षा चन्दले बताइन्।

खोलागाउँका ७, सिम्लीका ७ र गरायला गाविसका ७ जना गरी २८ जना बालबालिकाले उक्त सामग्री पाएका छन्। सम्बन्धित गाविसका गाउँ बाल सरंक्षण समितिले यस्ता अति गरिबमा रहेका बालबालिकाको तथ्यांक संकलन गरेर सहयोग गर्न सिफारिस गरेर सहकारीमा पठाएकाले उनीहरूलाई तत्काल उद्धारमा सहयोग गर्ने उद्देश्यले बाल गरिबी तथा पोषण कार्यक्रमबाट लघु उद्यम विकास तालिम पाएका युवालाई घुम्ती कोष सञ्चालनका स्थानीय सहकारीको समन्वनमा सहयोग सामग्री वितरण गरिएको पोषण अधिकृत रक्षा चन्दको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्