दक्षिण कोरियाबाट नेपालले सिक्नुपर्ने पाठ



(ढुनबहादुर बुढाथोकी) सन् १९६० को दशकसम्म दक्षिण कोरिया संसारका गरिब मुलुकहरूमध्ये एक थियो । त्यस बेला दक्षिण कोरियाली नागरिकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर मात्र थियो। नेपालभन्दा सानो भूगोल भएको दक्षिण कोरिया स्रोत–साधन पर्याप्त मुलुक थिएन । बरु तीनबर्से कोरियाली युद्धले तहसनहस भौतिक संरचना, प्राकृतिक स्रोत–साधनको दुर्लभता, शैक्षिक जनशक्तिको अभाव र अनियन्त्रित जनसंख्या भएको मुलुक थियो ।

दक्षिण कोरियाको आधुनिक विकाससैनिक साशक पार्क चुँहीले शुरु गरेका थिए । भ्रष्टाचारीलाई कारबाही, खुला औद्योगिक मैत्री वातावरण, साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन, ‘सिमा लोङ तोङ’ अर्थात् म गर्न सक्छु भन्ने भावनाजागृत गराउने ग्रामीणमुखी, जनमुखी कार्यक्रमले दक्षिण कोरियालाई विकासको गोरेटोमा डोर्याएको थियो । राज्यले ठूलो लगानी गरेर वा बृहत् परियोजना ल्याएर नभई विकास निर्माणमा जनतासँग हातेमालो गर्दा आर्थिक समृद्धिले जीवन्तता प्राप्त गरेको थियो । मानवीय साधनको भरपूर उपायोगका लागि प्रौढ शिक्षा तथा सीपमूलक तालिम प्रदान गरियो । गरिबीको समयमा पश्चिम युरोपका खानी र अस्पातालहरूमा काम गर्दाको सीप र विप्रेषण देश विकासमा उपयोग गरियो ।

जीवनस्तर उठ्दै जाँदा देशको स्वरुपनै औद्योगिकीकरणतर्फ मोडिन समय लागेन । सन् १९६२ ताका दक्षिण कोरियाले पञ्चवर्षीय योजना शुरुवात गर्यो । त्यसै ताका अर्थात् सन् १९६२ माजापानबाट ८० करोड डलर उपनिवेश क्षतिपूर्तिसम्बन्धी सन्धिबापत अनुदान तथा सरल ऋण प्राप्त गर्यो । उक्त रकम सरकारले सफलतापूर्वक फलाम तथा स्टिल कम्पनी, सडक तथा पूर्वाधारमा खर्च गर्यो ।स्टिल कम्पनीमा गरिएकोलगानीले कोरियाली स्टिल कम्पनीलाई विश्वको दोस्रो कम्पनीमा स्थापित गर्यो । सरकाले ठूलो लगानी खर्चिएको पोहाङ स्टिल तथा फलाम कम्पनीले क्यालिफोर्नियाको किस्टबर्गमा अमेरिकी संयुक्त लगानीमा फ्याक्ट्रीसमेत खोल्न सक्यो । प्रस्ट योजना र दृढताको कारण दक्षिण कोरियाका लागि सन् १९६० देखि १९९० को ३ दशक स्वणर््िाम दशक साबित भयो ।

सन् १९९८ मा शुरुवात भएको आर्थिक मन्दी सन् २००१ मा हल गर्न सरकार सफल भयो ।आर्थिक संकट टार्न नागरिकले आफूसँग भएको सुन सरकारलाई दिए । नागकिरबाट २ सय २७ टन सुन संकलन भयो । उक्त सुनआर्थिक गतिविधिमा उपयोग गर्दा दक्षिण कोरियाली आर्थिक मन्दी लखेटियो । सन्२००८ मा मडारिएको आर्थिक मन्दी छिचोल्न सफल दक्षिण कोरिया सन् २०१० मा ६.१ प्रशितको आर्थिक वृद्धिदरसहित ठूला अर्थतन्त्रको बैठक गर्न सफल भयो ।

उत्पादनमूलक क्षेत्रलाई आर्थिक वृद्धिको उत्प्रेरक बनाइरहेको दक्षिण कोरयाली कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान करिब ४० प्रतिशत रहेको छ । निर्यात व्यापारलाई आम्दानीको मुख्य स्रोत बनाउन सफल दक्षिण कोरिया अटोमोबाइल, पानीजहाज, विद्युतीय सामग्री र रसायन उत्पादनमाअग्रणी छ । सन् १९५५ मा विभिन्न मुलुकहरूबाट पाटपूर्जा ल्याई एसेम्बलिङ गर्यो । सन् १९६० मा उद्योगको रुपमा केहीआधुनिकीकरण गर्यो ।सन् १९६२ मा कियालगायत ३ वटा उद्योग स्थापना भए । सन् १९७५ मा हुन्डाई कम्पनी स्थापना भई आधुनिक अटोमोबाइलहरू उत्पादन शुरुवात भयो । पश्चिमी मुलुकहरूबाट प्रविधि तथा इन्जिनियरहरू झिकाइए । सन् १९८२ सम्म आइपुग्दा अटोमोबाइल निर्यात हुन थाल्यो ।अहिले विश्वबजारको कुल मागमध्ये २९ प्रतिशत आपूर्ति गरिरहेको छ । सन् १९६० देखि १९९० सम्म पानीजहाजमा एकाधिकार जमाएको जापानलाई पछाडि पार्न सफल दक्षिण कोरियाले हालसमग्र युरोप र जापानको भन्दा दोब्बर जहाज निर्यात गर्दछ ।

आजभन्दा ५ दशकअघिसम्म दक्षिण कोरिया दाताको भरमा चल्दथ्यो, जनसंख्या वृद्धि काबुमा थिएन, शिक्षाको गुणस्तर ख्याउटे थियो, कृषिक्षेत्रको उत्पादनले भोकमरीलाई सम्बोधन गर्न सक्दैनथ्यो,युवाशक्ति पलायन हुन बाध्य थिए, लगभग वर्तमान नेपालको जस्तै । त्यही मुलुक दरिलो राजनीतिक नेतृत्व, स्वाधीन अर्थतन्त्र निर्माण गर्ने दृढता, उच्चतम प्रविधिको विकास र औद्योगीकरणका कारण समृद्ध बन्न पुगको हो। विश्वको नवौं ठूलो अर्थतन्त्र, ७ औं ठूलो निर्यातकर्ता,१० औं आयातकर्ता र ३२ हजार अमेरिकी डलर प्रतिव्यक्ति आययुक्त मुलुकमा स्तरोन्नति हुनुका पछाडि अन्य कारक तत्व व्यापार व्यवसायमुखी नीति नियम र अनुशासनको कडा परिपालना, लगन र आत्मविश्वास नै हो ।
आज नेपाली युवा दक्षिण कोरियामा रोजगारका लागि पलाएन हुन लालायित छन् । हजारौं युवा दक्षिण कोरियामा श्रम बिक्री गरिरहेका छन् । दक्षिण कोरियाले नेपालीयुवातप्काका निमित्त बर्सेनि आवेदन खुला गर्ने र लैजाने पनि गर्दै आएको छ । तर कृषि, उत्पादन र निर्माण क्षेत्रमा उपायोग गर्ने गरीबलिया पाखुरा मात्र उसले लग्ने गरेको छ । यसको अर्थ कस्तो जनशक्ति, किन दक्षिण कोरियाले नेपालबाट आयात गर्न चाहन्छ, बुझ्न कठिन पर्दैन । कुनै दिन नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरियाले जसरी म गर्न सक्छु भन्ने विकासको मन्त्र आत्मसात् गर्दै जनमुखी आर्थिक कार्यक्रम, विकास निर्माणमा सामूहिकता, उद्योगहरूको प्रवद्र्धन, भ्रष्ट्राचारको निस्तेजमार्फत जुन आर्थिक समृद्धि हासिल गर्यो, त्यसको अनुसरण गर्दा नेपाललाई लाभ नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्