दुःखी आत्मा



पूर्वराजा ज्ञानेन्द्रले मुलुक स्थायी सत्ताबाट बाहिरिएको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा एकपटक फेरि तरंग आएको छ। सत्तामा बस्नेहरूले मुलुकलाई बरबाद गरेको भन्दै पूर्वराजाले असन्तुष्टि व्यक्त गरेको वक्तव्य सार्वजनिक भएपछि अहिले नेताहरू कोकोहोलो गर्दै पूर्वराजालाई गाली गरेको देख्दा धरहरा छक्क परेको छ। हिजो त्यही राजाले केही गरेन हामी गर्छौं भन्दै सत्ता हातमा लिने दलका नेताहरू मुलुकलाई नै विदेशीको हातमा सुम्पन खोज्दा पूर्वराजाले सचेत गराउँदा उनीहरूको टाउको दुखेको देख्दा धरहरालाई मजाक लागेको छ।

दलका नेताले देशमा जे गरे पनि हुने तर पूर्वराजाले मुलुकलाई सही ढंगले चलाऊ भन्दा तथानाम भनेर गाली गर्ने नेताका पारा ठीक छैन है पाठकवृन्द। विदेशीले मुलुकलाई भकुण्डो बनाएर यता र उता हान्दा चुप बस्ने नेता ज्ञानेन्द्रको भनाइ सार्वजनिक भएपछि जुरुक्क उठ्ने नेताको पारालाई धरहराले दुःखी आत्माको संज्ञा दिएको छ। सक्छौ भने विदेशीलाई मुलुकको भूभागमा भकुण्डो खेलको मैदान नबनाऊ भन्दा तथानाम गाली गर्ने नेताका पारा अपरम्पार छ। है पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्