ट्युनिसियाली ट्रक चालकको खोजी जारी



बर्लिन (एजेन्सी)

बर्लिनको क्रिसमस बजारमा लरी आक्रमण गर्ने संदिग्धको युरोपका सेन्गेन देशहरुमा ब्यापक खोजी भइरहेको छ । जर्मनीका अधिकारीहरुले आक्रमणकारीको पहिचान गरि उनी विरुद्ध वारेन्ट जारी गरेको छ ।

बर्लिनमा एउटा ब्यस्त क्रिसमस बजारमा ट्रक कुदाउँदा १२ जनाको मृत्यु भएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । अधिकारीहरुले संदिग्धको पहिचान सार्वजनिक गरेको छैन तर सन्चार माध्यमहरुले आक्रमणकारी चालक ट्यिुनिसियका नागरिक अनिस आमरी भएको र उनको जन्म १९९२ मा भएको उल्लेख गरेका छन् । आक्रमणका लागि उनले जुन ट्रकको प्रयोग गरेका थिए त्यसमा उनले बस्न अनुमति पाएका थिए ।

कट्टरपन्थ विरोधी प्रहरीमा गत महिना उ विरुद्ध उजुरी दर्ता भएको र जुन महिनामा उनलाई देशबाट निस्कासन गर्ने आदेश दिइएको बताइएको छ । घटना भएको बेला ट्रक चालकसँग झडपमा संदिग्ध घाइते भएको अनुमान रिपोर्टमा उल्लेख गरिएको छ । ट्रक चालक ल्युकाज उर्बान पोल्यान्डका नागरिक थिए । उनको शव ट्रक मै प्राप्त भएको थियो । उनको शवमा गोली लागेको र चाकु प्रहार गरिएको घाउ थियो ।

इस्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो तर त्यसको कुनै प्रमाण भने दिएको छैन । जर्मनीको नर्थ राइन वेस्टफालिया प्रान्तको एमेरिच इलाकामा सरणार्थी सिविरमा संदिग्धलाई अनुमति दिइएको थियो । प्रहरीले त्यहाँ पनि खोजी गरिरहेको छ । सेन्गेनमा आइसल्यान्ड, लिक्टनस्टाइन, नर्वे र स्विजरल्यान्ड सहित युरोपेली संघका धेरैजसो देश समावेश छन् ।

अनीस सन् २०१२ मा इटाली हुँदै सन् २०१५ मा जर्मनीमा आएका थिए । जर्मनीमा उनले सरणका लागि आवेदन दिएका थिए । नर्थ राइन वेस्टफालियाका गृह मन्त्री राल्फ येगरले जुनमा उनलाई कागजात पुरा नभएकोले सरणार्थीको दर्जा दिन अस्विकार गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्