प्राप्त अवशेष अमेरिकी सैनिकको हुनसक्ने अनुमान



नयादिल्ली (एजेन्सी) भारतको पुर्वी राज्य अरुणाचल प्रदेश फेला परेका मानव अवशेष दास्रो विश्व युद्धमा विमान दुर्घटनामा मारिएका अमेरिकी सैनिकहरुको हुन सक्ने त्यसको अनुसन्धानमा पुगेका एउटा अमेरिकी टोलीले जनाएकोछ । तल्लो दिबांग घाटीका स्थानीयले हालै मात्र अमेरिकी टोलीलाई ती अवशेष सुम्पेका थिए । गतबर्ष नै उक्त इलाकामा केहि अवशेष फेला परेपछि त्यसको पहिचान गर्ने प्रयास भएको हो । चीन र म्यान्मारको सीमा वरपर पर्ने उक्त क्षेत्रमा ४ सय भन्दा बढी अमेरिकीको अवशेष प्राप्त हुन सक्ने अनुमान गरिएको छ ।

ती मध्य धेरैजसो सैनिक जापानसँगको युद्धमा चीनलाई मद्दत गर्न पुगेरका सहयोगी देशको अभियानका क्रममा बेपत्ता भएका अनुमान गरिएको छ । युद्धबन्दी तथा बेपत्ता भएका सैनिकका लागि अमेरिकाले यस प्रकारका टोली पठाउने गर्छ । टोलीका सदस्य १० हजार फिटको उचाइसम्म पुगका थिए । हिमालय सृंखलामा पर्ने उक्त पर्वतमा विमान दुर्घटना भएको थियो ।

कोलकाता स्थित अमेरिकी वाणिज्य दुतावासको तर्फबाट जारी गरेका विज्ञप्तीेमा भनिएकोछ– टोली त्यहाँ पुग्दा ती अवशेष फेला परेको जुन अमेरिकी सैनिकको हुनसक्छ । भारत सरकारबाट अनुमति प्राप्त भयो भने ती अवशेषलाइ डिपिएएको प्रयोगशालामा पहिचानका लागि पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्