विमानबाट मलमुत्र विसर्जन गर्न नपाइने



नयाँदिल्ली,(एजेन्सी) भारतको एउटा अदालतले विहिवार आकासबाट उडानको क्रममा मानव मलमुत्र विसर्जन गर्ने कुनै पनि एयरलायन्सलाई जनही पचास हजार भारु जरिवाना गर्न आदेश दिएको छ । राजधानी दिल्ली नजिकको आवासिय क्षेत्रमा विमानहरुले यसरी जथाभावी मलमुत्र फ्याँकने गरेको भन्दै एकजना व्यक्तिले उक्त अदालतमा याचिक पत्र दायर गरेका थिए । विमानका शौचलयहरुमा मानव मलमुत्रलाई विशेष टै.कमा जम्मागर्ने गरिन्छ । सामान्यतया विमान अवतरण भएपछि यस्ता फोहरको व्यवस्थापन गर्ने गरिन्छ । तर अन्तर्राष्ट्रिय उड्यन निकायहरुले शौचालयमा चुहावट हुँदा यरी मलमुत्र झर्न सक्ने जनाएका छन् । अदालतले उडयन नीति निर्माताहरुलाई अवतरणको क्रममा वा विमानस्थल वरपर कहिंपनि कुनै पनि विमानलाई यसरी मलमत्र फाल्ने छुट नदिन आदेश दिएको छ ।

दि नेसनल ग्रिन ट्रिब्युनल नामक उक्त वातावरणीय अदालतले उक्त नीति निर्माण निकायलाई विमान अवरतण हुनासाथ तिनका ेशैचालयका टैंक खाली छ वा छैन भनी अनुगमन गर्न पनि आदेश दिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । सो अदालतले यदि टैंक खाली भएको देखिएमा तत्का सम्बन्धित एयरलायन्सलाई ५० हजार जरिवाना गराउन पनि आदेश दिएको छ । एकजना नाम नखुलाइएका अवकाश प्राप्त सैनिक अधिकारीले अदालतमा सो याचिका पत्र दायर गरेका थिए । मानव मलमा गन्हाउन नदिन र त्यसलाई विखन्डन गर्न त्यस्ता शौचालयमा विशेष रसायनिक पदार्थ प्रयोेग गरिएका ति मललाई ‘ ब्ल्यु आइस ‘ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्