वोइंग र लकहिडले विमानको मुल्य घटाए



वासिगटन (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी रक्षासम्बन्धी अनुबन्धमा रहेका ठुला कम्पनी बोइंग र लकहिड मार्टिनका प्रमुख कार्यकारीणी अधिकृतहरुसँग भेटवार्ता गरेका छन् । ती कम्पनीहरुको कार्यक्रमलाई लिएर निर्वाचित राष्टपतिले हालैका हप्ताहरुमा आलोचना गरेका थिए ।

भावी राष्टपतिका लागि नयाँ अत्याधुनिक विमान विकास तथा निर्माण गर्न अमेरिकी बायु सेनासँग अनुबन्धमा रहेको वाइंगका सीइओ डेनिस म्युलेन्बर्गले उक्त विमानको मुल्य पुर्व निधारित करिब ४ अर्ब डलरभन्दा कम हुने बताए ।‘ हामी त्यो भन्दा कम मुल्यमा गर्न गइरहेका छौं र हामी त्यसलाई पुरा गर्न दत्तचित्त भएर काम गर्न प्रतिबद्ध छौं‘ फ्लोरिडाको पामबिच स्थित ट्रम्पको मारालागो रिसोर्टको बैठकपछि म्युलेन्बर्गले बताएका थिए ।

भावी राष्टपतिका लागि निर्माण गर्न बोइंगसँग भएको अनुबन्धको मुल्य नियन्त्रण बाहिर भएको ट्रम्पले आफनो ट्विटमा उल्लेख गरेका थिए । डिसेम्बर ६ को आफ्नो ट्विटमा ट्रम्पले उक्त कन्ट्र्याक्ट नै रद्द गर्नु पर्ने सुझाव समेत दिएका थिए ।

त्यसैगरि लकहिड मार्टिनका सिइओ मेरिलिन ह्युसनले पनि ट्रम्पसँगको बैठकपछि उक्त कम्पनीले पेन्टागनका लागि निर्माण गर्ने भनिएका एफ ३५ स्टिल्थ लडाकु विमानको मुल्य घटाउन सक्ने बताएकी छिन् । ट्रम्पले ती विमानको निर्माणको लागत मुल्य पनि नियन्त्रण बाहिर भएको उल्लेख गर्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्