जापानी रक्षा बजेटमा पुन वृद्धि



टोक्यो,(एजेन्सी) चीनसंगको भुमि विवाद र उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतरा सामना गरिरहेको जापानका प्रधानमन्त्री सिन्जो आवेले विहिवार पहिलो पटक निकै ठुलो रक्षा बजेटमा हस्ताक्षर गरेका छन् । उक्त वृद्धि भएको रक्षा बजेटमा लडाकु जेट विमान र पनडुब्बीहरुका लागि ४३ अर्व ६० करोड अमेरिकी डलर छुट्याइएको छ ।

त्यसैगरी अर्कोतटरक्षा बजेट रकममा पनि निकै वृद्धि गरिएको छ । जापानको आगामी सन् २०१७ को १ अप्रिल देखिलागु हुने ९ सय ७५ खर्व येनको बजेटमा सो रक्षा बजेट छुट्याइएको हो । जापानको संसदबाट यस बजेटको अनुमोदन हुनु बाँकी नै छ । यदि अनुमोदित भएको खण्डमा यो समेत जापानी रक्षा बजेटमा लगातार पाँचौ पटक वृद्धि गरिएको हुनेछ ।

वृद्धवृद्धाको जनसंख्यामा भइरहेको वृद्धि माथि मध्यनजर राख्दै तिनीहरुको सेवाका लागि सामाजिक सुरक्षा विधेयक वृद्धिको कारण थप दवावमा परेको जापानी अर्थतन्त्रमा रक्षा र तटरक्षा बजेट भार थपिएपछि जापानको ऋण बढ्ने अर्थविदहरुको दावी रहेको छ ।

पुर्वी चीन सागरका टापुहरुको स्वामित्वलाई लिएर चीनसंगको बढ्दो तनावको कारण जापानको तटरक्षा बजेट बढाएर २ सय १० अर्व येन पुर्याइएको छ । गत वर्ष उक्त बजेट रकम १ सय ८७ अर्व ७० करोड येन रहेको थियो । जापानको नियनत्रणमा रहेका ति नर्जिन टापुहरुमा चीनर जापान दुवैका युद्धपोतहरु नियमित रुपमा पुग्ने गरेका छन् ।

चीनले पनि ति टापु आफ्न ैभएके दावी गरिरहेको छ । यसैबिच उत्तर कोरियाको चुनौति पुर्ण आणविक तथा क्षप्यास्त्र अभियानको कारण जापानले आफ्नो व्यालेस्टिक क्षेप्यास्त्र प्रणालीलाइृ पनि प्रवर्धन गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्