सुबिधा बढे पनि इन्जिनियर गाउँ नजाने



काठमाडौं
थप सुबिधा बढाए पनि इन्जिनियरले आफ्ना माग सम्बोधन नभएको भन्दै काममा नफर्कने बताएका छन् । सरकारले ७५ प्रतिशत थप भत्ता र बीमा सुविधा दिने निर्णय गरेपनि सामूहिक राजीनामा दिएका प्राविधिक इन्जिनियर गाउँ नजाने बताएको हो ।

नेपाल इन्जिनियर्स एसोसियसन र ११ जिल्लाका प्रतिनिधिबिच भएको बैठकले सरकारसँग थप माग पूरा गर्न लविङ गर्ने निर्णय गरेको हो । सरकारले काममा फर्किन दुई दिने अल्टीमेटम दिएको भएपनि आफूहरुले सजिलै नमान्ने बैठकमा सहभागी प्राविधिक इन्जिनियरले बताए ।

पुनर्निर्माणका लागि भनेर सरकारले विशेष व्यवस्था गरी करारमा २७ सय प्राविधिक भर्ना गरेको थियो । यी मध्ये एकैपटक राजिनामा बुझाएका भूकम्प प्रभावित ११ जिल्लाका ११ सयभन्दा बढी प्राविधिक इन्जिनियरले पुस ५ गते सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्