दाङ बस दुर्घटनामा तीनयात्रुको मृत्यु



दाङ, नेस । दाङको लमही सडक खण्डमा आज दिउँसो यात्रु बस दुर्घटना हुँदा तीनजनायात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

धोराहीबाट बुटवल तर्पm जाँदै गरेको लु. २ ख ७७६ नम्बरको बस मसोट खोलानजिक दुर्घटना भएको स्थानीय प्रहरीले बताएको छ । दुर्घटनामा दाङ सत्तवरीयाका कृष्ण शाही, दाङकै सौडियार गाविसका चित्रबहादुर श्रेष्ठ र प्यूठानका देउरी विकको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको धोराहीको उपक्षेत्रीयअस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने सामान्य घाइटे ६ जनायात्रुहरु उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्