पटाखा बजार आगलागिमा ३१ व्यक्तिको मृत्यु



मेक्सिको सिटी,(एजेन्सी) मेक्सिकोको राजधानी मेक्सिको सिटी नजिकको एउटा पटाखा बजारमा आगलागि हुँदा बुधवार कम्तिमा ३१ व्यक्तिको मृतयु भएको सरकारी अधिकारीहरुले बताएका छन् । मेक्सिको सिटी देखि करिव ३२ किमि टाढाको टुल्टेपेक स्थित सान पाब्लिटो पटाखा कारखानामा भएको सो आगलगि र विस्फोटमा अन्य ७० जना भन्दा बढि घाइते भएका छन् ।

घटनास्थलको भिडियोमा आगो लाग्ने क्रममा थुप्रै पटाखा पड्केको देखन सकिन्छ । उद्धारका लागि तत्काल दर्जनौं चिकित्सक र प्रहरी घटनास्थलमा परिचालित गरिएको थियो । आगलगिको कारण थाहाहुन सकेको छैन । स्थानिय वासिन्दालाई उक्त क्षेत्र र सडकहरु खुल्ला छाड्न आब्हान गरिएको छ ।

स्टेट अफ मेक्सिकोका गवर्नर रुभियल एभिलाले केहि बालबालिकाको शरिर ९० प्रतिशत भन्दा बढि जलेको र तिनीहरुको टेक्सासको अ‍मरिकी शहर गाल्भेस्टनमा विशेष उपचार भइरहेको बताएका छन् ।

मर्नेहरु मध्ये अधिकांश व्यक्तिको शरिर अत्यन्तै नराम्ररी जलेकाले डिएनए परिक्षण गरी तिनीहरुको सनाखत गुर्नपर्ने भएके उनले बताएका छन् । मेकिसकन संचार माध्यमले सो बजारमा ३ सय टन पटाखा रहेको जनाएको छ । स्थानिय २५ वर्षिया एन्जेलिका कोसले भनेकी छिन् , ‘ मेरा छिमेकीहरुले सबैकुरा हल्लिरहेको जस्तो लागेको बताएक थिए ।

तर म दौडिंदै भाग्दै गरेकाले मैले त्यस्तो महशुस गरिन । विस्फोटनको आवाज विमान दुर्घटना भएके र बम पड्केको जस्तो थियो । राष्ट्रपति एनरिक पेना निएतोले ट्विट गर्दै मृतकहरु प्रति गहिरो समवेदना प्रकट गदै घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्