चर्चित गायक रिचर्ड माक्र्स विमानमा लफडा रोक्न सफल



हनोइ,(एजेन्सी) अमेरिकी लोकप्रिय गायक रिचर्ड माक्र्सले अन्य यात्रुलाई आक्रमण गर्ने एकजना व्यक्तिलाई आफुले कोरियन एयरको उडानमा नियन्त्रणमा लिएको बताएका छन् । मंगलवार माक्र्स र उनकी पत्नी डेजी फुएन्तेस भियतनामको राजधानी हनोइबाट दक्षिण कोरियाको राजधानी सोल तर्फ यात्रा गर्ने क्रममा यो घटना घटेको हो । विमान सोलमा अवतरण हुना साथ ति पुरुषलाई दक्षिण कोरियाली प्रहरीले गिरफतार गरेको र उनी रक्सीले मात्तिएको योन्हाप समाचार निकायले जनाएको छ ।

माक्र्सले भने उक्त घटना निकै तनवपुर्ण र खतरनाक भएको र त्यस्तो परिस्थतीका लागि चालक दललाई राम्रो तालिम नदिइएको गुनासो गरेका छन् । कोरियन एयरले एकजना अभद« यात्रुलाई नियन्त्रणमा लिएर पछि प्रहरीको जिम्मा लगाइएको पुष्टि गरे पनि माक्र्सको चालदल माथिको आरोप र टिप्पणीलाई भने केहि पनि जनाएको छैन ।

माक्र्स असी दशकमा ‘ राइट हियर वेटिंग फर यु ‘बोलको गीतबाट विश्वभरि नै निकै चर्चामा आएक थिए । उनकी पत्नी फुएन्तेस भने एमटिभीका पुर्व भिजे हुन् । उनले सो घटना सम्बन्धी तस्वरिहरु सामाजिक संजालमा सेयर गरेकी छिन् । फुएन्तेसले इन्सटाग«ाममा अर्को दिर्घामा बसिरहेका व्यकितमा अचानक पागलपन सवार भएको र उनले फ्लाइट एटेन्डेन्ट र यात्रुहरुलाई आक्रमण गर्नुका साथै महिला स्टाफलाई घचेट्दै उनको केश तानेको उल्लेख गरेकीछिन् ।

उनले अगाडि भनिन् , ‘ स्टाफहरु यस्तो अप्रत्यासित स्थिती सम्हाल्न सक्ने अवस्थामा देखिएनन् । उनलाई नियन्त्रणमा लिन चार घन्टा लाग्यो । तिनीहरुले उनलाई राम्ररी डोरीले समेत बाँध्न सकेनन् । तीन पटक त उनले डोरी फुकाए । ‘ माक्र्स हनोइमा एउटा कन्सर्टमा भाग लिन पुगेका थिए ।

उनले आफ्नो फेसबुक मार्फत उक्त घटनामा चालक दलका एक सदस्य र दुईजना यात्रु घाइते भएको बताएका छन् । माक्र्सलेलेखेका छन् , ‘ चालक दलका सम्पुर्ण महिला सदस्यले ति सन्काहालाई सम्हाल्न नसकेपछि म र अन्य दुइचार जना यात्रु मिले बल्ल उनलाई कावुमा राखियो । यस्तो परिस्थिती यात्रुहरुकोसहयोग बिना सम्हाल्न नसक्ने कोरियन एयरलाई उडान गर्न दिइनु हुन्न ।

अन्तत मर मेरी पत्नी सकुशल लस एन्जेृल्स पुग्र्यौ । ‘ योन्हापले ३४ वर्षिय ति यात्रुले साढे दुई लार्ज पेग रक्सी खाएर मात्तिन पुगेको जनाएके छ । प्रहरीले निकै बेसुर अवस्थामा रहेकाति व्यक्तिलाई रिहाइ गरेको र पछि उनलाई बोलाएर अनुसन्धान अघि बढाउने जनाएको छ । सामाजिक संजालमा माक्र्सको यस पुरुषार्थको निकै प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्