पूर्व राजा भारत जाने



पूर्व राजा ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जानु हुने भएको छ । उडिसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गते सम्म तीन दिन सम्म हुने बिमला भवानीको मूर्ति प्रतिस्थापन विशेष समारोहमा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । सोही स्थानमा शंकराचार्य जगद्गुरु श्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।

उहाँले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गर्नुभएको जनाईएको छ । पूर्व राजा नै भएपनि कुनै बेला विश्वकै एक मात्र हिन्दू सम्राट भएको हिसाबले उहाँलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरुले बताएका छन् ।
उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उहाँले भ्रमण गर्न सक्नुहुने र कुटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्