टेलिकम र ओरिडु कतारबीच रोमिङ सम्झौता



नेपाल समाचारपत्र
काठमाडौं

नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरू कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन्।

हालै कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतार को तर्फबाट कामु सीइएओ–ओजीएस खालिद अल मनसुरीले हस्ताक्षर गर्नुभएको छ।

आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ। यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतार बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो। हाल सोही सम्झौताको महशुल दरलाई परिमार्जन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्