घैंटामा घाम लगाउने कुरा



हिजो आज नेपालमा विदेशी भीआईपीहरूको आगमन तीव्र भएको छ। चीनका मन्त्री र मंगोलियाका मन्त्री अहिले नेपाल भ्रमणमा छन्। अतिथि देवो भवः भन्ने हामी नेपालीको चलन भए पनि यातायातको अव्यवस्थाले भने सबैलाई हैरान बनाएको छ। अहिले राजधानीमा सडकको क्षमताभन्दा बढी सवारी साधन गुड्न थालेपछि जनताले त्यसै पनि हैरानी पाउँदै आएकोमा विदेशीको भ्रमणले झन् अप्ठेरो पार्ने गरेको छ।

नेपालमा आउने विदेशी भिआईपीलाई खुला सडकमा हिँडाउने सरकारी पाराले जनताले थप हैरानी पाएका छन्।सरकारले नेपाल आउने विदेशी भीआईपीलाई सडक मार्गभन्दा पनि हवाई मार्ग प्रयोग गरे जनताले दुःख पाउने थिएनन् कि भन्ने धरहरालाई लागेको छ।

सानो ठाउँ, धेरै सवारी साधन अनि त्यसको व्यवस्थापन गर्न नसक्ने सरकारले विदेशी पाहुनालाई हेलिकोप्टरमा सवार गराएर सडकलाई सुचारु गरिदिए राजधानीबासीले हैरानी बेहोर्नुपर्ने थिएन कि? के गर्ने हो सरकारले नै गरोस्। विदेशीलाई नआऊ भन्न मिलेन। तर, हवाई मार्गबाट यात्रा गराए जनताले वाह वाह गर्ने थिए। कसैको घैंटामा घाम लागि पो हाल्छ कि? पर्खौं है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्