महासंघ ५० वर्ष पुगेको अवसरमा हुलाक टिकट



काठमाडौं, (नेस)
नेपाल उद्योग बाणिज्य महासंघ ५० वर्ष पुगेको अवसरमा १० रुपियाँको हुलाक टिकट सोमबार सार्वजनिक गरिएको छ। गोल्डेन इयर नाम दिइएको टिकट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टाँचा लगाएर सार्वजनिक गर्नु भएको हो।

त्यसअवसरमा मन्त्री कार्कीले ऊर्जाशील युवालाई रोजगारी प्रदान गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण योग्दान रहँदै आएको बताउनुभयो। त्यस्तै सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले बि.स. १९३८ मा क्रस खुकुरीबाट शुरु भएको टिकट ११७४ श्रंखलामा आइपुगेको उल्लेख गर्दै आगामी दिनमा निजी क्षेत्रसँग सधै सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो। कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले पुरानो दिनको स्मरण गर्दै ५०औ वर्षमा आईपुग्न धेरै अग्रजहरूको सहयोग र साथका लागि आभार व्यक्त गर्नुभयो। पाँच रङमा उपलब्ध टिकट २० लाखप्रति छापिएको र यो टिकट सन् २०१७ बाट बजारमा आउने हुलाक विभागका महानिर्देशक सुरेशकुमार अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्