ओमानमा युवती पठाउने पक्राउ



काठमाडौँ, (नेस) आर्थिक रूपमा विपन्न नेपाली युवतीहरूलाई वैदेशिक रोजगारमा आकर्षक तलब भत्ताको प्रलोभनमा पारी कुवेत पठाइ काम दिलाउने भनि नेपालको सुनौली (बेलहिया नाकाबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुबईबाट ओमानसम्म पठाइ उक्त स्थानमा युवतीहरूको शारीरिक तथा मानसिक यातना, यौन हिंसासमेत गर्ने गराउने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसारका निम्ति अवैध तरिकाले विदेश पठाउने गिरोहका तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी दुम्कीबास–३ घर भइ काठमाडौँ बसुन्धारा बस्ने ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ घर भइ मोरङ विराटचोक ईन्द्रपुर–४ बस्ने ४६ वर्षीय पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रूपन्देही देवदह–२ बस्ने ४१ वर्षीय हरिप्रसाद थारु रहेका छन्। उनीहरूलाई प्रहरीले मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्