उपल्लो मुस्ताङमा भीषण बाढी



पर्वत, (नेस)
हिमालपारिको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ। उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको हो।

हिउँ पग्लेर आइतबार बिहान एक्कासि आएको बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ। यस्तै ठूला–ठूला ढुंगा खसेर जोमसोम – लोमान्थाङ सडक अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताउनुभयो। अहिलेसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। त्यस क्षेत्रमा रहेका प्रहरी चौकीसमेत जाडोका कारण लोमान्थाङमा मर्ज भएकाले लोमान्थाङबाट प्रहरी टोली पठाइएको प्रजिअ पोखरेलले बताउनुभयो। साँझ सम्ममा सबै विवरण आउन सक्ने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्