नेपालद्वारा मलेसिया पराजित



नेपाल समाचारपत्र
काठमाडौं
एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित भएको छ। श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ। यसअघि समूह चरणको अघिल्ला दुई खेलमा नेपालले हार बेहोरेको थियो।

कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा अनिलकुमार शाहले सर्वाधिक ३२ रन बनाए। ६६ बल खेलेका अनिलले २ चौका र १ छक्का प्रहार गरे। पवन सराफले नटआउट २९ रनको योगदान गरे भने। यस्तै अविनाश कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे।

नेपालको जितको कप्तान सन्दीप लामिछानेले ४५औं ओभरको चौथो बलमा विजयी रन प्रहार गरे। यसअघि नेपालले मलेसियालाई पनि ४४.४ ओभरमै अलआउट गरेको थियो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ७५ रन बनाए। यस्तै हासिफ नुरहाइजनले २१ तथा शैफुल्लाहले मलिकले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। मलेसियालाई अलआउट गर्ने क्रममा नेपालका आदिल खानले ३ विकेट लिए भने कप्तान सन्दीपल लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। यस्तै रोहित पौडेल र सुवांकर उराउले समान एक–एक विकेट झारे। मलेसियाका एक खेलाडी रनआउट भएका थिए। उक्त जितसँगै नेपालको श्रीलंका यात्रा पनि समाप्त भएको छ। यसअघि भएको समूह चरणका खेलमा नेपाललाई श्रीलंकाले एक विकेटले तथा भारतले ६ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्