सेसा ड्राई सेम्पु बजारमा



काठमाडौं, (नेस)
बान ल्याब्स् कम्पनीले सेसा ड्राई सेम्पु नेपाली बजारमा ल्याएको छ।पानी र समयको अभावमा पनि स्वस्थ र सुन्दर कपालको लागि लक्षित गरी सेसा ड्राई सेम्पु बजारमा ल्याइएको कम्पनीले जनाएको छ। निम तथा एलोबेराको गुणले भरिएको सेसा ड्राई सेम्पुमा सोप तथा डिटरजेन्ट रहित भएको हुनाले कपालको केहि पनि क्षति नगरी कपाललाई स्वस्थ र सफा बनाउने कमपनीले जनाएको छ। केवल सेम्पु स्प्रे गरेपछि केहि बेर रगड्नु पर्छ र कपाल कोर्नु पर्छ अनि कपाल स्वस्थ र सफा, सुवासयुक्त हुने कम्पनीका भाइस प्रेसिडेन्ट राजेश पटेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्