आजको दिन



–सूर्यप्रसाद लाकोजू
बेरेर कात्रो
मेरा सपनाहरूमाथि
एक हुल मान्छेजस्तै देखिने प्राणीहरू
मलामी जाँदै छन् ।

हेरेर पुलुक्क मलाई
मेरा आशाहरुमाथि कुल्चेर
नाचिरहेका छन्
एक हुल देशका ठेकेदारहरु ।

अलपत्र बनाएर
विश्वास मनको मेरो
एक हुल गिद्धहरू
ढुकुटी लुट्दै छन्
तँछाड मछाड गर्दै ।

प्रतिक्रिया दिनुहोस्